‘प्रसूति वार्डमा जानाजान आगो लगाउदा १३ नवजात शिशुको मृत्यु’
बग्दाद (इराक), ३१ साउन – इराकको यारमुक अस्पतालको प्रसूति वार्डमा गएको बुधबार भएको आगलागी कसैले जानीजानी लगाएको सरकारी अधिकारीले दावी गरेका छन् । सो आगलागीमा परि १३ जना नवजात शिशुको ज्यान गएको थियो ।
इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अहमद अल–रुदैनीले यसअिघ आगलागी विद्युतीय सर्किटमा समस्या हुँदा भएको भनी प्रतिक्रिया दिएका थिए । तर अनुसन्धान पछि भने सो आगलागी दुर्घटना नभई जानाजान गरिएको आततायी घटना भएको पत्ता लागेको बताए ।
इराकी अधिकारीहरुले अनुसन्धानका क्रममा उक्त स्थानमा प्रज्वलनशील पदार्थ भेटिएको बताउँदै यसले घटना कसैले जानीजानी गराइएको दावी गरेका छन् ।
घटनामा बुधबार १२ जना नवजात शिशुको मृत्यु भएको बताइएकोमा एक थप शिशुको समेत आगलागीमा परी मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । रासस/एएफपी
सम्पर्क इमेल : [email protected]