‘प्रसूति वार्डमा जानाजान आगो लगाउदा १३ नवजात शिशुको मृत्यु’

IRAQ-FIRE-MATERNITY-HOSPITAL

बग्दाद (इराक), ३१ साउन – इराकको यारमुक अस्पतालको प्रसूति वार्डमा गएको बुधबार भएको आगलागी कसैले जानीजानी लगाएको सरकारी अधिकारीले दावी गरेका छन् । सो आगलागीमा परि १३ जना नवजात शिशुको ज्यान गएको थियो ।

इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अहमद अल–रुदैनीले यसअिघ आगलागी विद्युतीय सर्किटमा समस्या हुँदा भएको भनी प्रतिक्रिया दिएका थिए । तर अनुसन्धान पछि भने सो आगलागी दुर्घटना नभई जानाजान गरिएको आततायी घटना भएको पत्ता लागेको बताए ।

इराकी अधिकारीहरुले अनुसन्धानका क्रममा उक्त स्थानमा प्रज्वलनशील पदार्थ भेटिएको बताउँदै यसले घटना कसैले जानीजानी गराइएको दावी गरेका छन् ।

घटनामा बुधबार १२ जना नवजात शिशुको मृत्यु भएको बताइएकोमा एक थप शिशुको समेत आगलागीमा परी मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *