लोकसेवाको परीक्षामा ४७ जना नर्स, ३ जना डेन्टल हाइजिनिस र १६ जना कविराजको नाम निस्कियो (नाम सहित)
काठमाडौँ, २६ साउन – लोक सेवा आयोग पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाले गत २५ बैशाखमा सञ्चालित स्वास्थ्य सेवा जनरल नर्सिङ उपसमूह अन्तर्गत स्टाफ नर्स पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
निर्देशनालयका अनुसार सो परीक्षामा ४७ जनाले नाम निकालेका छन् । २६ वटा रिक्त दरबन्दी पदपूर्ति गर्न लिइएको परीक्षामा त्यतिवेला १०११ जना परीक्षामा सहभागी थिए । निर्देशनालयले २६ देखी २९ भदौसम्म अन्तवार्ता लिने समय तोकेको छ ।
त्यस्तै निर्देशनालयले एउटा पदका लागि मागेको डेन्टल हाइजिनिस पद पाँचौ तहमा ३ जनाको नाम निकालेको छ । नाम निस्किएकाको अन्तर्वार्ता २९ भदौमा हुने जनाएको छ ।
त्यस्तै निर्देशनालयले गत २४ बैशाखमा लिएको आयुर्वेद सहायक कविराज पाँचौ तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ । कुल ७ वटा सिटका लागि लिइएको परीक्षामा ६८ जना सहभागी भएका थिए । निर्देशनालयले लिखित परीक्षामा १२ जनाको नाम निकालेको छ ।
नाम निकालेकाहरुको परीक्षा ३० र ३१ गते हुने बताइएको छ । त्यस्तै सोही दिन भएको आन्तरिक प्रतिस्पर्धामा ४ जना छनौट भएका छन् । रिक्त दुई पदका लागि लिइएको उक्त परीक्षामा ६८ जना सहभागी भएका थिए । अन्तरबार्ता ३० भदौमा हुने बताइएको छ ।
हेरौँ नतिजा
स्टाफ नर्समा नाम निकाल्नेहरु :
डेन्टल हाइजिनिस तर्फ :
कबिराज खुल्ला प्रतिस्पर्धा :
कबिराज आन्तरिक प्रतिस्पर्धा :
सम्पर्क इमेल : nepalihealthnews@gmail.com