लोकसेवाको परीक्षामा ४७ जना नर्स, ३ जना डेन्टल हाइजिनिस र १६ जना कविराजको नाम निस्कियो (नाम सहित)

काठमाडौँ, २६ साउन – लोक सेवा आयोग पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाले गत २५ बैशाखमा सञ्चालित स्वास्थ्य सेवा जनरल नर्सिङ उपसमूह अन्तर्गत स्टाफ नर्स पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

निर्देशनालयका अनुसार सो परीक्षामा ४७ जनाले नाम निकालेका छन् । २६ वटा रिक्त दरबन्दी पदपूर्ति गर्न लिइएको परीक्षामा त्यतिवेला १०११ जना परीक्षामा सहभागी थिए । निर्देशनालयले २६ देखी २९ भदौसम्म अन्तवार्ता लिने समय तोकेको छ ।

त्यस्तै निर्देशनालयले एउटा पदका लागि मागेको डेन्टल हाइजिनिस पद पाँचौ तहमा ३ जनाको नाम निकालेको छ । नाम निस्किएकाको अन्तर्वार्ता २९ भदौमा हुने जनाएको छ ।

त्यस्तै निर्देशनालयले गत २४ बैशाखमा लिएको आयुर्वेद सहायक कविराज पाँचौ तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ । कुल ७ वटा सिटका लागि लिइएको परीक्षामा ६८ जना सहभागी भएका थिए । निर्देशनालयले लिखित परीक्षामा १२ जनाको नाम निकालेको छ ।

नाम निकालेकाहरुको परीक्षा ३० र ३१ गते हुने बताइएको छ । त्यस्तै सोही दिन भएको आन्तरिक प्रतिस्पर्धामा ४ जना छनौट भएका छन् । रिक्त दुई पदका लागि लिइएको उक्त परीक्षामा ६८ जना सहभागी भएका थिए । अन्तरबार्ता ३० भदौमा हुने बताइएको छ ।

हेरौँ नतिजा

स्टाफ नर्समा नाम निकाल्नेहरु :

nurse1 copy

nurse2 copy

nurse3 copy

डेन्टल हाइजिनिस तर्फ :

dantal copy

कबिराज खुल्ला प्रतिस्पर्धा :

kabiraj2 copy

कबिराज आन्तरिक प्रतिस्पर्धा :

kabiraj1 copy

तपाँईहरुले नतिजा त हेर्नुभयो अनि हाम्रो फेसबुक पेज लाइक गर्नुभयो ? छैन भने कृपया सहज सूचना तथा समाचारका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहुन अनुरोध छ । त्यसका लागि यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर समेत पेज लाइक गर्न सक्नुहुनेछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *