सार्वजनिक स्थलमा धूमपान गर्ने साढे ७ हजार जना माथि कार्बाही
काठमाडौँ, ३० जेठ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो छ महिनाको अवधीमा सार्वजनिक स्थानमा धूमपान गर्ने ७ हजार ५३६ जनालाई कारबाही गरेको छ । प्रशासनले सोही अवधीमा ४० हजार ६७० जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरि छाडिएको जनाएको छ ।
काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको रुपमा गत १ पुस देखि कार्यभार सम्हालेयता भएका कामहरुको जानकारी दिने क्रममा सीडीओ रामकृष्ण सुवेदीले सो जानकारी दिएका हुन् ।
उनले आफू काठमाडौँको प्रशासन सम्हालेयता सार्वजनिक स्थानमा धूमपान र सुर्ती सेवन विरुद्ध अभियान सुरु गरेको बताउदै धूमपान विरुद्धको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको समेत जानकारी दिए ।
प्रजिअ सुवेदीले धूमपान सम्वन्धी १३२ विद्यालय र कलेजमा कक्षा सञ्चालन गरिएको, एक हजार ३५२ वटा सवारीमा धूमपान नगर्न जनचेतनामूलक स्टिकर टाँसिएको जानकारी दिए ।
पछिल्लो समयमा धूमपान विरुद्धको अभियानमा काठमाडौँ प्रजिअ सुवेदीले निकै सक्रियता देखाएका छन् ।
सम्पर्क इमेल : [email protected]