सार्वजनिक स्थलमा धूमपान गर्ने साढे ७ हजार जना माथि कार्बाही

ktm cdo office

काठमाडौँ, ३० जेठ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो छ महिनाको अवधीमा सार्वजनिक स्थानमा धूमपान गर्ने ७ हजार ५३६ जनालाई कारबाही गरेको छ । प्रशासनले सोही अवधीमा ४० हजार ६७० जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरि छाडिएको जनाएको छ ।

काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको रुपमा गत १ पुस देखि कार्यभार सम्हालेयता भएका कामहरुको जानकारी दिने क्रममा सीडीओ रामकृष्ण सुवेदीले सो जानकारी दिएका हुन् ।

उनले आफू काठमाडौँको प्रशासन सम्हालेयता सार्वजनिक स्थानमा धूमपान र सुर्ती सेवन विरुद्ध अभियान सुरु गरेको बताउदै धूमपान विरुद्धको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको समेत जानकारी दिए ।

प्रजिअ सुवेदीले धूमपान सम्वन्धी १३२ विद्यालय र कलेजमा कक्षा सञ्चालन गरिएको, एक हजार ३५२ वटा सवारीमा धूमपान नगर्न जनचेतनामूलक स्टिकर टाँसिएको जानकारी दिए ।

पछिल्लो समयमा धूमपान विरुद्धको अभियानमा काठमाडौँ प्रजिअ सुवेदीले निकै सक्रियता देखाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *