मधुमेह रोग लाग्दैछ भनेर कसरी थाह पाउने ? यी हुन् लक्षणहरु
संसारभर नै मधुमेह अर्थात ‘डाइविटिज’ रोगबाट ग्रसित विरामीको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएको छ । मुख्य रुपमा मानिसको रहन सहन र जीवनशैलीका कारणले लाग्ने यो रोग यतिवेला एसियाली राष्ट्रको पहिलो नम्बरको रोगको रुपमा परिचित हुदै गएको छ ।
विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा सुधार नआए सन् २०२५ सम्म मधुमेह रोगीहरुको संख्या ३० करोड नाघ्ने दावी गरेको छ । संगठनकै प्रतिवेदनले प्रत्येक वर्ष विश्वभरबाट ३८ लाख भन्दा बढी व्यक्तिहरु मधुमेह र मधुमेहजन्य रोगबाट मृत्यु हुने गरेको तथ्य उजागर गरेको छ ।
चिकित्सकहरुका अनुसार नेपालमा यो रोगबाट पिडीत भइसकेकाको संख्या ८ लाख नाघिसकेको छ । यो रोगबाट पिडीत हुनेको संख्या दिनानुदिन बढदै गएको छ । आखिर के हो मधुमेह रोग अनि कसरी थाह पाउने ?
यी हुन् लक्षणहरु :
- बढी मात्रामा र धेरै पटक पिसाव लागि रहनु
- बढी तिर्खा लागि रहनु
- जति खाए पनि भोको अनुभब भैरहनु
- शरीर आलस्य तथा कमजोर अनुभब हुनु
- जिउ चिलाउने, छाला सुख्खा हुने
- हात गोडा झमझमाउने ,दुखाई चाल नपाउने
- घाउ खटिरा पाक्ने र चाडै निको नहुने
- रोग संग लड्ने क्षमता मा कमि आउने
- शरीर को विभन्न अंग जस्तो छाला,पिसाब नली, योनी भित्र संक्रमण हुने तथा दात र गिजा पाकी रहने
- खाएको कुरा जिउ मा नलाग्ने तथा अकस्मात तौल घट्दै जाने
- यौनशक्ति क्षीण हुदै जाने
- पिसाब गरेको ठाउमा कमिला तथा झिंगा जम्मा हुनु
मधुमेह र यसबाट हुने जटिल समस्या
प्याङक्रियाजबाट उत्पादन हुने इन्सुलिनको मात्रा क्रमस घट्दै जादा रगतमा चिनी को मात्र बृद्धि भएर जान्छ । यसले शरीरका विभन्न अंगहरुलाई हानी पुर्याउछ । र रोगी झनै जटिल समस्या बाट पिडित हुन थाल्दछ । यसरी रगतमा चिनीको मात्रा नियन्त्रण गर्न नसक्दा निम्न जोखिमहरु हुन सक्दछ :
- आँखा भित्रको मसिनो नशा क्षतिग्रस्त हुन गई आँखा धमिलो हुन जाने र पछि दृष्टी समेत गुम्न सक्ने
- मृगौला मा हुने स–साना रक्तनाली अर्थात् नशाहरु बिग्रन गइ मृगौला को रोग हुने र यो रोगले शरीर को फोहोर पिशाब बाट शरीर मै थुप्रिन जाने र प्रोटिन बाहिर जाने क्रममा बृद्धि भई मृगौला क्षतिग्रस्त हुन जानसक्छ ।
- खुट्टाको नसा क्षति ग्रस्त भई खुट्टामा घाउ चोटपटक लागे पनि थाह नपाउने लामो समय निको नहुने पाक्ने भई अन्तमा खुट्टानै काटनुपर्ने हुनसक्छ ।
- हात खुट्टा झमझमाउने, सुन्निने हुनसक्छ ।
- हृदयघात तथा पक्षघात को बढी सम्भावना हुनसक्छ ।
- स्मरण शक्तिमा ह्रास आउने ।
- शरीर का विभन्न भागमा संक्रमण भई भई घाउ खातिर आउने, पिसाब नली, योनी नली मा संक्रमण हुने, दात गिजा पाक्ने ।
- यौन शक्ति क्षीण हुदै जाने, पखाला लाग्नु ।
सम्पर्क इमेल : [email protected]