मधुमेह रोग लाग्दैछ भनेर कसरी थाह पाउने ? यी हुन् लक्षणहरु

diabetesmeter

संसारभर नै मधुमेह अर्थात ‘डाइविटिज’ रोगबाट ग्रसित विरामीको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएको छ । मुख्य रुपमा मानिसको  रहन सहन र जीवनशैलीका कारणले लाग्ने यो रोग यतिवेला एसियाली राष्ट्रको पहिलो नम्बरको  रोगको रुपमा परिचित हुदै गएको छ ।

विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा सुधार नआए सन् २०२५ सम्म मधुमेह रोगीहरुको संख्या ३० करोड नाघ्ने  दावी गरेको छ । संगठनकै प्रतिवेदनले प्रत्येक वर्ष विश्वभरबाट ३८ लाख भन्दा बढी व्यक्तिहरु मधुमेह र मधुमेहजन्य रोगबाट मृत्यु हुने गरेको तथ्य उजागर गरेको छ ।

चिकित्सकहरुका अनुसार नेपालमा यो रोगबाट पिडीत भइसकेकाको  संख्या ८ लाख नाघिसकेको छ । यो रोगबाट पिडीत हुनेको संख्या दिनानुदिन बढदै गएको छ ।  आखिर के हो मधुमेह रोग अनि कसरी थाह पाउने ?

यी हुन् लक्षणहरु :

  •  बढी मात्रामा र धेरै पटक पिसाव लागि रहनु
  •  बढी तिर्खा लागि रहनु
  • जति खाए पनि भोको अनुभब भैरहनु
  •  शरीर आलस्य तथा कमजोर अनुभब हुनु
  •  जिउ चिलाउने, छाला सुख्खा हुने
  •  हात गोडा झमझमाउने ,दुखाई चाल नपाउने
  •  घाउ खटिरा पाक्ने र चाडै निको नहुने
  • रोग संग लड्ने क्षमता मा कमि आउने
  • शरीर को विभन्न अंग जस्तो छाला,पिसाब नली, योनी भित्र संक्रमण हुने तथा दात र गिजा पाकी रहने
  • खाएको कुरा जिउ मा नलाग्ने तथा अकस्मात तौल घट्दै जाने
  • यौनशक्ति क्षीण हुदै जाने
  • पिसाब गरेको ठाउमा कमिला तथा झिंगा जम्मा हुनु

मधुमेह र यसबाट हुने जटिल समस्या 

प्याङक्रियाजबाट उत्पादन हुने इन्सुलिनको मात्रा क्रमस घट्दै जादा रगतमा चिनी को मात्र बृद्धि भएर जान्छ । यसले शरीरका विभन्न अंगहरुलाई हानी पुर्‍याउछ । र रोगी झनै जटिल समस्या बाट पिडित हुन थाल्दछ । यसरी रगतमा चिनीको मात्रा नियन्त्रण गर्न नसक्दा निम्न जोखिमहरु हुन सक्दछ :

  •  आँखा भित्रको मसिनो नशा क्षतिग्रस्त हुन गई आँखा धमिलो हुन जाने र पछि दृष्टी समेत गुम्न सक्ने
  •  मृगौला मा हुने स–साना रक्तनाली अर्थात् नशाहरु बिग्रन गइ मृगौला को रोग हुने र यो रोगले शरीर को फोहोर पिशाब बाट शरीर मै थुप्रिन जाने र प्रोटिन बाहिर जाने क्रममा बृद्धि भई मृगौला क्षतिग्रस्त हुन जानसक्छ ।
  • खुट्टाको नसा क्षति ग्रस्त भई खुट्टामा घाउ चोटपटक लागे पनि थाह नपाउने लामो समय निको नहुने पाक्ने भई अन्तमा खुट्टानै काटनुपर्ने हुनसक्छ ।
  • हात खुट्टा झमझमाउने, सुन्निने हुनसक्छ ।
  • हृदयघात तथा पक्षघात को बढी सम्भावना हुनसक्छ ।
  • स्मरण शक्तिमा ह्रास आउने ।
  • शरीर का विभन्न भागमा संक्रमण भई भई घाउ खातिर आउने, पिसाब नली, योनी नली मा संक्रमण हुने, दात गिजा पाक्ने ।
  • यौन शक्ति क्षीण हुदै जाने, पखाला लाग्नु ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *