४ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं, १ जेठ – बिश्व रक्तचाप दिवसको अवसर पारेर मेडिकेयर हेल्थ केयर सेन्टरले वनस्थली, बालाजु, बोहराटार, खरीबोट लगायत स्थानका करिब ४ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
सो अवसरमा बिरामीहरुलाई निशुल्क औषधी बितरण समेत गरिएको सेन्टरका प्रबन्ध निर्देशक लक्ष्मण फुयाँलले जानकारी दिए ।
वर्तमान समयमा उच्च रक्तचापका बिरामी बढ्दै गइरहेकाले यसबारेमा धेरैलाई जानकारी नभएकाले बिरामीलाई रक्तचाप नियन्त्रणबारे परामर्श समेत दिइएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]