४ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण

- नेपाली हेल्थ

preasar

काठमाडौं, १ जेठ – बिश्व रक्तचाप दिवसको अवसर पारेर मेडिकेयर हेल्थ केयर सेन्टरले वनस्थली, बालाजु, बोहराटार, खरीबोट लगायत स्थानका करिब ४ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

सो अवसरमा बिरामीहरुलाई निशुल्क औषधी बितरण समेत गरिएको सेन्टरका प्रबन्ध निर्देशक लक्ष्मण फुयाँलले जानकारी दिए ।

वर्तमान समयमा उच्च रक्तचापका बिरामी बढ्दै गइरहेकाले यसबारेमा धेरैलाई जानकारी नभएकाले बिरामीलाई रक्तचाप नियन्त्रणबारे परामर्श समेत दिइएको थियो ।


Facebook Comment


थप समाचार