कतिबर्ष पुगेपछि उम्रिन्छ बुद्धिबंगरा ? उम्रिदा किन आउछ ज्वरो ?
किशोर अवस्थाको अन्त्य तिर वा युवा अवस्थामा प्रवेश गर्ने समयमा अर्थात ‘लेट टिन’वा ‘अर्लि टवान्टीज’मा आउने तेस्रो सेटको बंगरा हो बुद्धि बंगरा ।यसलाई ‘फाइनल सेट‘को बंगरा पनि भनिन्छ ।
त्यसो त हाम्रो मुखमा स्थायी प्रकृतिको तल माथि दाँया र बाँया गरी जम्मा जम्मी तीन सेटको बंगरा हुन्छ । पहिलो सेटको बंगरा ६ बर्षमा आँउछ । दोस्रो सेटको बंगरा करीब ११ -१३ बर्षमा आउँछ । तेस्रो सेट अर्थात अन्तिम सेटको बंगरा किशोरअवस्थाको अन्त्य तथा युवा अवस्थाको सुरुमा अर्थात १८ देखी २५ बर्षको उमेर हुँदा आउँछ ।
हो यो अन्तिम सेटको अर्थात सबैभन्दा पछि आउने र सबैभन्दा कुनामा आउने बंगरालाई नै बुद्धि बंगरा भनिन्छ । कसैमा यो भन्दा अझ ढिलो उमेरमा पनि आउन सक्छ । कसैमा त्यो नआउन पनि सक्छ ।
बुद्धि बंगरा मुखको तलमाथि र दाँया बाँया गरी चार कुनामा चार वटा हुन्छ । तर कहिलेकाही त्यो भन्दा बढी र त्यो भन्दा कम पनि हुनसक्छ । बढी भएको अवस्थालाई हामी त्यसलाई ‘सुप्रानिउमेररी’ भन्छौँ ।
मानिसहरु २० बर्ष पछि अलि परिपक्व हुँदै जाने भएकोले यसको नाम यसलाई बुद्धि बंगरा भनिएको हुनसक्छ । यद्धपी नाम किन त्यो राखियो भन्ने खास कारण केही छैन् ।
सामान्य त मानिसको दाँत ३२ वटा हुन्छ । ती मध्ये बच्चा बेलामा आएको दुधे दाँत (अस्थायी )२० वटा हुन्छ जुन दाँत फेरिन्छन् । बाँकि १२ वटा दाँत बंगरा हुन् । जो आए देखी फेरिदैनन् । यदि त्यो दाँत झिकियो वा झरयो भने अर्को सेट बंगरा आँउदैन् ।
दाँत उम्रने र झर्ने समय कहिले हो ?
बच्चा जन्मेको प्राय छ महिना देखी साढे दुई बर्षसम्म दाँतहरु (बंगराबाहेकका दाँतहरु जसलाई हामी दुधे वा अस्थायी दाँत पनि भन्छौँ) उम्रिसकेको हुन्छ । त्यो दाँत ६ बर्ष देखी १३ बर्षसम्ममा झर्ने गर्दछ ।
तर बंगराहरु ६ बर्ष देखी उम्रन थाल्छ र त्यो दाँत फेरिदैन् । बंगराको पहिलो सेट ६ बर्षमा उम्रिन्छ । दोस्रो सेटको बंगरा करीब ११ – १३ बर्ष भित्रमा आउने गर्छ । तर फाइनल सेट अर्थात कुनामा आउने बंगरा अर्थात बुद्धि बंगरा केही ढिलो अर्थात १८ देखी २५ बर्षको बीचमा आउने गर्दछ । र कसैकसैलाई त्यो भन्दा ढिलो पनि आउने गर्दछ ।
बुद्धिबंगराको खासै काम हुँदैन् । किनकी यो सबैभन्दा पछाडी कुनामा आँउछ । बुद्धि बंगरालाई सफा गर्न पनि त्यति सजिलो छैन । बुद्धि बंगराले खासै काम नगर्ने हुँदा यसलाई त्यति महत्वपूर्ण मानिदैन ।
विकसित देशहरुमा धेरै जसोले बुद्धिबंगराले पछि अप्ठेरो पार्नसक्छ भन्दै सुरुमै उखेलेर फाल्ने गर्छन् । खासगरी यो दाँत कहिले काही अप्ठेरो गरी निस्कने गर्दछ । त्यस्तो बेलामा यसलाई उखेल्नु राम्रो हुन्छ । तर मिलेर आयो भने यो जीवन भर राख्न पनि सकिन्छ ।
बुद्धिबंगरा आउँदा किन ज्वरो आउछ ?
बुद्धिबंगरा उम्रदा सबैलाई ज्वरो आउछ भन्ने छैन । दाँत अडिने भाग (डेन्टल आर्च) सबैको एकनासको हुँदैन । कसैको निकै साँघुरो हुन्छ कसैको फराकिलो वा मिलेर आएको हुन्छ ।
डेन्टल आर्च साघुरो भएको र भित्रबाट खाँदिएर आएको बेला दाँत बांगो टिंगो भएर पनि निस्कन्छ । यस्तो बेलामा निकै पिडा हुनसक्छ । तर डेन्टल आर्च मिलेको छ र सजिलै निस्कने बाटो पायो भने त्यो दाँत आउदा दुख्ने हुँदैन । मानिसले आफ्नो बुद्धिबंगरा पलाएको थाहै पनि पाउदैन् ।
जब बुद्धिबंगरा जुन ठाउमा आउनुपर्ने हो त्यो ठाँउमा आएन भने, जहिले आउनुपर्ने हो त्यो समयमा आएन भने समस्या पर्न सक्छ ।
त्यतिवेला छडके भएर आउने ढल्केर आउने । दोस्रो बंगराको साईडमा आएर दोस्रो बंगरालाई नै धकेल्ने समेत गर्छ । यसले अर्को संगैको दाँतलाई बिगार्न पनि सक्छ ।
बंगरा मा किन बढी किरा लाग्छ ?
प्रत्येक दाँतको काम फरक फरक हुन्छ । अगाडीको भगको छेउमा रहने तिखा दाँत जसलाई हामी ( कुकर दाँत) भनेर पनि चिन्छौँ । त्यो दाँतको काम हामिले खाएको खाना काटने हो ।
खाएका कुरा त्यो दाँतले टुक्रा पारेपछि चपाउन वा धुलो पार्न त्यो सबै खानेकुरालाई जिब्रोले उठाएर बंगरामा पुरयाउछ । जहाँ खाना चपाउने ग्लुब र दाँतको फिसरहरु हुन्छ । त्यो ठाउँमा गएर खाना अड्किरहेको हुन्छ । यदि राम्रो संग सफा गरेन भने त्यहीबाट किरा लाग्न सुरु हुन्छ ।
हुन त सबै बंगराले चपाउछ । तर सबैभन्दा कुनामा र कम पोजिसनमा भएको कारण तथा कुनामा ब्रस समेत नपुग्ने अवस्था भएकोले बढी खाना अडकिने र किरा लाग्ने सम्भावना हुन्छ । त्यसैले ब्रस गर्दा कुनाको चपाउने भागलाई बढी ध्यान दिनुपर्दछ र बढी सफा बनाउनु पर्दछ । त्यो बंगरा चपाउने काम हो त्यसले त्यो चपाउने भागमा बढी सफा गर्नुपर्छ ।
पहिला पहिला एसेन्सटोर्सहरुको म्याग्जिला र म्याण्डीबल ठूला हुन्थे खासै समस्या हुन्थेन तर अहिले सबै जसो मानिसहरु कम चपाउने अति नरम मात्र खाने बानीले मुख सानो र साघुरिदै गएको कारणले बुद्धिबंगरा आउने ठाँउ नपाउदा बांगोटिंगो गरि आएको भनिन्छ ।
सम्पर्क इमेल : [email protected]
Sir मेरो एउता side ko बुडिवंगरा आइसको अनि दायाँ तिर कोे अहिले दाँत देखिराको छैन दुख्न लागेको 4 din जति भइसक्यो,, सुरुको din infection भएको जस्तो सानो dab र अत्यधिक दुखाई थियाे र अहीले पनि x jun dab सुरुकोदिन भन्दा बढी हुँदा पनि दाँत देखिएन किन रहेछ? (टाउको असाध्यै दुख्छ) चपाउन हुँदैन