कतिबर्ष पुगेपछि उम्रिन्छ बुद्धिबंगरा ? उम्रिदा किन आउछ ज्वरो ?

-डा. बुद्धिमान श्रेष्ठ, दन्तरोग विशेषज्ञ कान्तिपुर डेन्टल हस्पिटल
-डा. बुद्धिमान श्रेष्ठ,
कान्तिपुर डेन्टल हस्पिटल

किशोर अवस्थाको अन्त्य तिर वा युवा अवस्थामा प्रवेश गर्ने समयमा अर्थात ‘लेट टिन’वा ‘अर्लि टवान्टीज’मा आउने तेस्रो सेटको बंगरा हो बुद्धि बंगरा ।यसलाई ‘फाइनल सेट‘को बंगरा पनि भनिन्छ ।

त्यसो त हाम्रो मुखमा स्थायी प्रकृतिको तल माथि दाँया र बाँया गरी जम्मा जम्मी तीन सेटको बंगरा हुन्छ । पहिलो सेटको बंगरा ६ बर्षमा आँउछ । दोस्रो सेटको बंगरा करीब ११ -१३ बर्षमा आउँछ । तेस्रो सेट अर्थात अन्तिम सेटको बंगरा किशोरअवस्थाको अन्त्य तथा युवा अवस्थाको सुरुमा अर्थात १८ देखी २५ बर्षको उमेर हुँदा आउँछ ।

हो यो अन्तिम सेटको अर्थात सबैभन्दा पछि आउने र सबैभन्दा कुनामा आउने बंगरालाई नै बुद्धि बंगरा भनिन्छ । कसैमा यो भन्दा अझ ढिलो उमेरमा पनि आउन सक्छ । कसैमा त्यो नआउन पनि सक्छ ।

बुद्धि बंगरा मुखको तलमाथि र दाँया बाँया गरी चार कुनामा चार वटा हुन्छ । तर कहिलेकाही त्यो भन्दा बढी र त्यो भन्दा कम पनि हुनसक्छ । बढी भएको अवस्थालाई हामी त्यसलाई ‘सुप्रानिउमेररी’ भन्छौँ ।

wisdom teath

मानिसहरु २० बर्ष पछि अलि परिपक्व हुँदै जाने भएकोले यसको नाम यसलाई बुद्धि बंगरा भनिएको हुनसक्छ । यद्धपी नाम किन त्यो राखियो भन्ने खास कारण केही छैन् ।

सामान्य त मानिसको दाँत ३२ वटा हुन्छ । ती मध्ये बच्चा बेलामा आएको दुधे दाँत (अस्थायी )२० वटा हुन्छ जुन दाँत फेरिन्छन् । बाँकि १२ वटा दाँत बंगरा हुन् । जो आए देखी फेरिदैनन् । यदि त्यो दाँत झिकियो वा झरयो भने अर्को सेट बंगरा आँउदैन् ।

दाँत उम्रने र झर्ने समय कहिले हो ?

बच्चा जन्मेको प्राय छ महिना देखी साढे दुई बर्षसम्म दाँतहरु (बंगराबाहेकका दाँतहरु जसलाई हामी दुधे वा अस्थायी दाँत पनि भन्छौँ) उम्रिसकेको हुन्छ । त्यो दाँत ६ बर्ष देखी १३ बर्षसम्ममा झर्ने गर्दछ ।

तर बंगराहरु ६ बर्ष देखी उम्रन थाल्छ र त्यो दाँत फेरिदैन् । बंगराको पहिलो सेट ६ बर्षमा उम्रिन्छ । दोस्रो सेटको बंगरा करीब ११ – १३ बर्ष भित्रमा आउने गर्छ । तर फाइनल सेट अर्थात कुनामा आउने बंगरा अर्थात बुद्धि बंगरा केही ढिलो अर्थात १८ देखी २५ बर्षको बीचमा आउने गर्दछ । र कसैकसैलाई त्यो भन्दा ढिलो पनि आउने गर्दछ ।

बुद्धिबंगराको खासै काम हुँदैन् । किनकी यो सबैभन्दा पछाडी कुनामा आँउछ । बुद्धि बंगरालाई सफा गर्न पनि त्यति सजिलो छैन । बुद्धि बंगराले खासै काम नगर्ने हुँदा यसलाई त्यति महत्वपूर्ण मानिदैन ।

विकसित देशहरुमा धेरै जसोले बुद्धिबंगराले पछि अप्ठेरो पार्नसक्छ भन्दै सुरुमै उखेलेर फाल्ने गर्छन् । खासगरी यो दाँत कहिले काही अप्ठेरो गरी निस्कने गर्दछ । त्यस्तो बेलामा यसलाई उखेल्नु राम्रो हुन्छ । तर मिलेर आयो भने यो जीवन भर राख्न पनि सकिन्छ ।

बुद्धिबंगरा आउँदा किन ज्वरो आउछ ?

बुद्धिबंगरा उम्रदा सबैलाई ज्वरो आउछ भन्ने छैन । दाँत अडिने भाग (डेन्टल आर्च) सबैको एकनासको हुँदैन । कसैको निकै साँघुरो हुन्छ कसैको फराकिलो वा मिलेर आएको हुन्छ ।

डेन्टल आर्च साघुरो भएको र भित्रबाट खाँदिएर आएको बेला दाँत बांगो टिंगो भएर पनि निस्कन्छ । यस्तो बेलामा निकै पिडा हुनसक्छ । तर डेन्टल आर्च मिलेको छ र सजिलै निस्कने बाटो पायो भने त्यो दाँत आउदा दुख्ने हुँदैन । मानिसले आफ्नो बुद्धिबंगरा पलाएको थाहै पनि पाउदैन् ।

जब बुद्धिबंगरा जुन ठाउमा आउनुपर्ने हो त्यो ठाँउमा आएन भने, जहिले आउनुपर्ने हो त्यो समयमा आएन भने समस्या पर्न सक्छ ।
त्यतिवेला छडके भएर आउने ढल्केर आउने । दोस्रो बंगराको साईडमा आएर दोस्रो बंगरालाई नै धकेल्ने समेत गर्छ । यसले अर्को संगैको दाँतलाई बिगार्न पनि सक्छ ।

बंगरा मा किन बढी किरा लाग्छ ?

प्रत्येक दाँतको काम फरक फरक हुन्छ । अगाडीको भगको छेउमा रहने तिखा दाँत जसलाई हामी ( कुकर दाँत) भनेर पनि चिन्छौँ । त्यो दाँतको काम हामिले खाएको खाना काटने हो ।

खाएका कुरा त्यो दाँतले टुक्रा पारेपछि चपाउन वा धुलो पार्न त्यो सबै खानेकुरालाई जिब्रोले उठाएर बंगरामा पुरयाउछ । जहाँ खाना चपाउने ग्लुब र दाँतको फिसरहरु हुन्छ । त्यो ठाउँमा गएर खाना अड्किरहेको हुन्छ । यदि राम्रो संग सफा गरेन भने त्यहीबाट किरा लाग्न सुरु हुन्छ ।

हुन त सबै बंगराले चपाउछ । तर सबैभन्दा कुनामा र कम पोजिसनमा भएको कारण तथा कुनामा ब्रस समेत नपुग्ने अवस्था भएकोले बढी खाना अडकिने र किरा लाग्ने सम्भावना हुन्छ । त्यसैले ब्रस गर्दा कुनाको चपाउने भागलाई बढी ध्यान दिनुपर्दछ र बढी सफा बनाउनु पर्दछ । त्यो बंगरा चपाउने काम हो त्यसले त्यो चपाउने भागमा बढी सफा गर्नुपर्छ ।

पहिला पहिला एसेन्सटोर्सहरुको म्याग्जिला र म्याण्डीबल ठूला हुन्थे खासै समस्या हुन्थेन तर अहिले सबै जसो मानिसहरु कम चपाउने अति नरम मात्र खाने बानीले मुख सानो र साघुरिदै गएको कारणले बुद्धिबंगरा आउने ठाँउ नपाउदा बांगोटिंगो गरि आएको भनिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *