नेशनल डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. सन्तोष
काठमाडौँ – प्रगतिशील विचारधारा बोकेका चिकित्सकहरुको नयाँ संस्था नेशनल डक्टर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल निर्वाचित भएका छन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का अर्थोपेडिक सर्जन हुन् ।
शनिबार राजधानीमा सम्पन्न पहिलो अधिवेशनबाट उपाध्यक्षमा डा. रबीन खड्का र महासचिवमा डा. मोहन खड्डा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा डा. नविन पोखरेल र कोषाध्यक्षमा डा. सुमित्रा गौतम निर्वाचित भएका छन् । अधिवेशनबाट ३० जना केन्द्रीय सदस्यहरु चुनिएका छन् ।
सदस्यहरुमा डा. प्रदीप ज्ञवाली, डा. प्रेनित पोखरेल, डा. विश्वबन्धु बगाले , डा. मंगल रावल, डा. सागर पौडेल रहेका छन् ।
त्यसैगरी डा. रक्षा श्रेष्ठ, डा. विपिन घिमिरे, डा. बिनय लामिछाने, डा. प्रकाश थापा , डा. बद्री चापागाईँ, डा. रमेश भटट्राई, डा. शान्तकुमार दाश रहेका छन् ।
त्यस्तै डा. सुमन काफ्ले, डा. नेत्र राना, डा. सरिता पाण्डे, डा. विजेता गौतम डा. नृपेन्द्र तिवारी र डा. नित्य खनाल लगायत सदस्य रहेका छन् ।
निर्वाचित भएपछि नेपाली हेल्थसंग कुरा गर्दै अध्यक्ष डा. पौडेलले आफ्नो नेतृत्वको संस्था नितान्त पेशागत संगठन भएको भन्दै चिकित्सकहरुको हकहितमै केन्द्रीत रहने बताए । उनले प्रगतिशील विचार धारा बोक्ने चिकित्सकहरु अहिलेसम्म ३ सय बढी सम्पर्कमा आइसकेको भन्दै बाँकी चिकित्सकहरु पनि आफ्नो नेटवर्कमा ल्याउने प्रयास भएको बताए ।
यसअघि डा. कृष्ण अधिकारीको नेतृत्वमा तदर्थ समिति बनाएर प्रगतिशील बिचारधारा बोक्ने चिकित्सकहरु छुट्टै संगठन बनाउने तयारीमा लागेका थिए ।
सम्पर्क इमेल : [email protected]
डा सन्तोष र उहाँको टिमलाई बधाई तथा शुभकामना, साच्चिकै रुपमा पेशागत हकहितका लागि सक्रिय रहनुस न की चिकित्सक संघजस्तो राजनीतिक क्रियाकलापमा मात्रै सक्रिय…..
This is only a pollution of medical profession. This way our medical profession cannot go up. Do you ask a patient , which paarty do you belong? and start the treatment. If not why do you need a political organization?
Congratulations to Dr. Santosh and Team!!
such bullshit only happens in nepal .. why do medical professionals need to be affiliated with political party? is it because they’re medically incompetent?
Congratulations to Dr. Santosh dada