नेशनल डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. सन्तोष

Dr. Santosh paudel
डा. सन्तोष पौडेल

काठमाडौँ – प्रगतिशील विचारधारा बोकेका चिकित्सकहरुको नयाँ संस्था नेशनल डक्टर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल निर्वाचित भएका छन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का अर्थोपेडिक सर्जन हुन् ।

शनिबार राजधानीमा सम्पन्न पहिलो अधिवेशनबाट उपाध्यक्षमा डा. रबीन खड्का र महासचिवमा डा. मोहन खड्डा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा डा. नविन पोखरेल र कोषाध्यक्षमा डा. सुमित्रा गौतम निर्वाचित भएका छन् । अधिवेशनबाट ३० जना केन्द्रीय सदस्यहरु चुनिएका छन् ।

सदस्यहरुमा डा. प्रदीप ज्ञवाली, डा. प्रेनित पोखरेल, डा. विश्वबन्धु बगाले , डा. मंगल रावल, डा. सागर पौडेल रहेका छन् ।

त्यसैगरी डा. रक्षा श्रेष्ठ, डा. विपिन घिमिरे, डा. बिनय लामिछाने, डा. प्रकाश थापा , डा. बद्री चापागाईँ, डा. रमेश भटट्राई, डा. शान्तकुमार दाश रहेका छन् ।

त्यस्तै डा. सुमन काफ्ले, डा. नेत्र राना, डा. सरिता पाण्डे, डा. विजेता गौतम डा. नृपेन्द्र तिवारी र डा. नित्य खनाल लगायत सदस्य रहेका छन् ।

निर्वाचित भएपछि नेपाली हेल्थसंग कुरा गर्दै अध्यक्ष डा. पौडेलले आफ्नो नेतृत्वको संस्था नितान्त पेशागत संगठन भएको भन्दै चिकित्सकहरुको हकहितमै केन्द्रीत रहने बताए । उनले प्रगतिशील विचार धारा बोक्ने चिकित्सकहरु अहिलेसम्म ३ सय बढी सम्पर्कमा आइसकेको भन्दै बाँकी चिकित्सकहरु पनि आफ्नो नेटवर्कमा ल्याउने प्रयास भएको बताए ।

यसअघि डा. कृष्ण अधिकारीको नेतृत्वमा तदर्थ समिति बनाएर प्रगतिशील बिचारधारा बोक्ने चिकित्सकहरु छुट्टै संगठन बनाउने तयारीमा लागेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

5 thoughts on “नेशनल डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. सन्तोष

  1. डा सन्तोष र उहाँको टिमलाई बधाई तथा शुभकामना, साच्चिकै रुपमा पेशागत हकहितका लागि सक्रिय रहनुस न की चिकित्सक संघजस्तो राजनीतिक क्रियाकलापमा मात्रै सक्रिय…..

  2. This is only a pollution of medical profession. This way our medical profession cannot go up. Do you ask a patient , which paarty do you belong? and start the treatment. If not why do you need a political organization?

  3. such bullshit only happens in nepal .. why do medical professionals need to be affiliated with political party? is it because they’re medically incompetent?

Leave a Reply

Your email address will not be published. Required fields are marked *