भत्केका संरचना कति बने ? समिक्षा गर्दै स्वास्थ्य मन्त्रालय
नेपाली हेल्थ / काठमाडौँ- स्वास्थ्य मन्त्रालयले गत बैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुर्ननिर्माण अवस्थाबारे समिक्षा बैठक गर्ने भएको छ ।
दुई साता भित्रै समिक्षा बैठक गर्ने तयारीमा रहेको मन्त्रालयले अहिलेसम्म भएका र हुन बाँकी कामको विवरण पेश गर्नेछ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भूकम्प पछिको पूर्ननिर्णाको अवस्थाबारे जानकारी दिन बृहत समिक्षा बैठक राख्न लागेको बताए । उनले मिति टुंगो नलागेपनि दुई साता भित्रै सो समिक्षा बैठक हुने जानकारी दिए ।
भूकम्पबाट पूर्ण क्षतिग्रस्त तीन सय बढी स्वास्थ्य संरचनामध्ये अअिलेसम्म २३८ वटाको मात्रै प्रिफ्याव्रिकेटेड प्रविधिबाट निर्माण गर्ने सम्मौता भएको छ । त्यसमध्ये करीब २० प्रतिशतले काम सम्पन्न गरिसकेको प्रवक्ता श्रेष्ठले बताए ।
स्वास्थ्य मन्त्रालयले भूकम्पले क्षतिग्रस्त स्वास्थ्य संरचना पुर्ननिर्माणको लागि ४ अर्व बढीको सम्झौता गरिसकेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]