भत्केका संरचना कति बने ? समिक्षा गर्दै स्वास्थ्य मन्त्रालय

MoHP-Nepalनेपाली हेल्थ / काठमाडौँ-  स्वास्थ्य मन्त्रालयले गत बैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुर्ननिर्माण अवस्थाबारे समिक्षा बैठक गर्ने भएको छ ।

दुई साता भित्रै समिक्षा बैठक गर्ने तयारीमा रहेको मन्त्रालयले अहिलेसम्म भएका र हुन बाँकी कामको विवरण पेश गर्नेछ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भूकम्प पछिको पूर्ननिर्णाको अवस्थाबारे जानकारी दिन बृहत समिक्षा बैठक राख्न लागेको बताए । उनले मिति टुंगो नलागेपनि दुई साता भित्रै सो समिक्षा बैठक हुने जानकारी दिए ।

भूकम्पबाट पूर्ण क्षतिग्रस्त तीन सय बढी स्वास्थ्य संरचनामध्ये अअिलेसम्म २३८ वटाको मात्रै प्रिफ्याव्रिकेटेड प्रविधिबाट निर्माण गर्ने सम्मौता भएको छ । त्यसमध्ये करीब २० प्रतिशतले काम सम्पन्न गरिसकेको प्रवक्ता श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालयले भूकम्पले क्षतिग्रस्त स्वास्थ्य संरचना पुर्ननिर्माणको लागि ४ अर्व बढीको सम्झौता गरिसकेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *