कोरोनाबिरुद्धको खोपको शुभारम्भ कसरी हुँदैछ ? स्वास्थ्य मन्त्री त्रिपाठीले सुनाए सरकारको योजना

काठमाडौँ, ११ माघ । सरकारले आगामी १४ माघ देखि कोरोनाबिरुद्धको खोप अभियान शुभारम्भ गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ माघका दिन विहान १० बजे यसको शुभारम्भ गर्ने भएका छन् । आइतबारको नियमित कोरोना अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप शुभारम्भ गर्ने सरकारको योजनाबारे जानकारी दिने क्रममा सो बताएका हुन् ।

उनले १४ माघका दिन प्रधानमन्त्रीले शुभारम्भ गर्दा भच्युअल विधिबाट काठमाडौँ उपत्यकाका र सात वटै प्रदेशका मुख्य अस्पतलहरु त्यसमा जोडिएर एक साथ खोप लगाउने कार्यको सुरुवात गर्ने बताएका छन् । उनले सो दिन ६२ वटा अस्पताल र १२० वटा खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाइने समेत जानकारी दिएका छन् ।

मन्त्री त्रिपाठीले शुभारम्भको कार्यक्रममा १८ गतेसम्ममा ७७ वटै जिल्लामा शुरु हुने भन्दै शुरुवात भएको १० दिन भित्र पहिलो चरणको खोप सम्पन्न हुने गरी तयारी भएको समेत बताए ।
मन्त्रालयले पहिलो चरणमा फ्रन्टलाइन हेल्थ वर्कर तथा अन्य कर्मचारीगरी ४ लाख ३० हजार जनालाई खोप लगाउने योजना बनएको छ ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा खोप पाउनेहरुको विवरण दिँदै फोहर मैला व्यवस्थापनमा खटिने फोहर संकलक, एम्बुलेन्स तथा सव वहान चालक, महिला स्वास्थ्य स्वयं सेविका, फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, बृद्धाश्रमका बृद्धबृद्धा तथा तिनका सेवामा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मी, जेलमा रहेका कैदी तथा उनीहरुको सुरक्षामा रहेका सुरक्षाकर्मी, विमानस्थल लगायतका नाकाहरुमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप दिने योजना रहेको सुनाए ।

उनले खोप विश्वसनीय रहेको भन्दै त्यसमा कुनै शंका नगर्न समेत आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *