कोरोनाबिरुद्धको खोप : पहिलो डोज लगाएको चार साता पछि दोस्रो डोज

काठमाडौँ, ८ माघ । राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएको व्यक्तिलाई चार साता पछि दोस्रो डोज खोप दिने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ । भारतले १० लाख डोज कोरोनाबिरुद्धको खोप कोभिसिल्ड दिने घोषणा गरेकै दिन बुधबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

‘बेलायतमा यहि खोप पहिलो र दोस्रो डोजको अन्तर १२ हप्ता रहेछ । भारतले २८ दिन भनेको छ । हामीले पनि २८ दिन नै गर्ने भनेर सिफारिस गरेका छौँ,’ समितिका सदस्यसचिव डा झलक गौतमले भने ।

उनले दुई तीन दिनमा खोप प्रदेशहरुका लागि डिसप्याच गर्ने र एक साता भित्रै लगाउन सुरु गर्ने समेत जानकारी दिए । पहिलो चरणमा फ्रन्टलाइनर हेल्थ वर्कर, त्यहाँका स्वीपर, शव व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई दिने समेत उनले बताए ।

१८ बर्ष माथिकाले मात्रै कोभिसिल्ड खोप पाउने
डा गौतमले कोरोनाबिरुद्धको खोप १५ बर्ष माथिकालाई दिइने भनिएपनि कोभिसिल्ड खोप भने १८ बर्ष माथिकाले मात्रै पाउने स्पष्ट पारे । यो कम्पनीले नै उमेर हद तोकेको छ ।

१८ वर्ष मुनिकाले यो खोप लगाउन मिल्दैन । उनले खोप सम्वन्धी एलर्जी हुने, गर्भवती तथा सुत्केरी महिला, स्तनपान गराएका आमाहरुलाई पनि यो खोप नदिइने उनले स्पष्ट पारे ।

उनले खोप लगाउन उत्पत्यका बाहिर जिल्ला अस्पताल र उपत्यका भित्र केही थप बुथहरु थपिने समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *