भारतबाट १० लाख डोज कोभिडबिरुद्धको खोप अनुदानमा आउँदै
काठमाडौँ, ७ माघ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप काेभिसिल्ड दिने भएकाे हाे । सो खोप विहीबार काठमाडौँ आइपुग्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा स्वास्थ मन्त्री हृदयेश त्रिपाठीले सो जानकारी री दिएका हुन् । उनले भारतले यो खोप अनुदान सहयोगमा उपलव्ध गराएको समेत स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोभिड महामारीमा भारत सरकारले नेपाल सहित छिमेकी देशहरुलाई समयमै खोप उपलव्ध गराई महानता प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।
उनले पहिलो चरणमा आएको खोप न्यायपूर्ण रुपमा वितरण हुने समेत प्रतिवद्धता गरे । `हामीले खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेका छौँ । त्यहि अनुसार नै यसको वितरण हुनेछ । र यो एकदमै छिटो खोप लगाउने कार्यको प्रारम्भ गरिनेछ´ उनले भने ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com