औषधि व्यवस्था विभागले कोरोना बिरुद्धको खोप ल्याउने बाटो खोलिदियो


काठमाडौँ, २९ पुस । औषधि व्यवस्था विभागले कोभिड -१९ खोपको आपतकालिन प्रयोगका भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन आव्हान गरेको छ । विभागले आज एक सूचना जारी गर्दैै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो ।

सूचनामा विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनशाय राखेका उत्पादक वा सो का आधिकारिक आयातकर्ताहरुले सम्वन्धित उत्पादकको तर्फबाट आवश्यक कागजातसहित विवरण खुलाई खोपको आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि निवेदन दिन सक्ने उल्लेख छ ।

विभागले आयात गर्नका लागि औषधि ऐन २०३५ (तेस्रो संसोधन सहित) को दफा ९ क को कार्यान्वयनको लागि तथा कोभिड -१९ महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धीत मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरुहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपतकालिन प्रयोग गर्न सकिने भनेको छ ।

यसैगरी विभागले कोभिड १९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालिन प्रयोग सम्वन्धि संहिता २०७७ र कोभिड १९ बिरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्वन्धि अबधारणापत्रलाई आधार मानिने समेत स्पष्ट पारेको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले अव नेपालमा कोभिड १९ बिरुद्धको खोप आयात गर्ने बाटो खुलेको बताए । उनले विभागमा दर्ता भइसकेका वा भएर खोप ल्याउन चाहने उत्पादक वा तिनले तोकेका आधिकारिक आयातकर्ताले आवश्यक कागजात पेश गरी आयत अनुमति लिन सक्ने बताए ।

छिमेकी मुलक भारतमा ३ माघमाबाट कोभिड १९ बिरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । त्यहाँका दुईवटा कम्पनीले खोप उत्पादन गरि आपतकालिन प्रयोगका लागि अनुमति समेत पाइसकेका छन् । नेपालले भारतबाटै खोप ल्याउनलाई प्राथमिकतामा राखेको विज्ञहरुले बताउँदै आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *