भारतमा कोभिडबिरुद्धको खोपको मूल्य कति पर्छ ?

नयाँदिल्ली । भारतमा उत्पादित कोरोनाबिरुद्धको खोपको मूल्य प्रतिडोज २०० देखि २०६ भारतीय रुपैयाँ पर्ने बताइएको छ । अधिकारीहरुका अनुसार सिरम इन्स्टिच्युटबाट पहिलो चरणमा खरीदका लागि भारत सरकारले अहिले एक करोड १० लाख डोज अर्डर दिएको छ । त्यसको मूल्य कर बाहेक प्रतिडोज २०० रुपैयाँ तोकिएको छ ।

यस्तै त्यहाँको सरकारले भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ३८ लाख डोज खरीदका लागि अर्डर गरेको छ । यसमध्ये १२ लाख डोज कम्पनीले सरकारलाई निशुल्क उपलव्ध गराउने बताएको छ । यसमा सरकारको औषत मूल्य प्रति डोज कर बाहेक २०६ भारतीय रुपैयाँ पर्न आउने अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य सचिव राजेश भुषणले फाइजर र बायोन्टेकको खोपको एक डोजको मूल्य १ हजार ४३१ भारतीय रुपैयाँ पर्ने, मोर्डना खोपको प्रति डोज मूल्य २ हजार ३४८ देखि २ हजार ७१५ रुपैयाँ, चिनियाँ खोपको मुल्य ५ हजार ६०० रुपैयाँ बढी पर्न बताए ।

उनले आफ्नो देशमा उत्पादित खोपको मूल्य अन्य देशमा उत्पादित भएका खोपको मूल्यको तुलनामा धेरै सस्तो भएको बताए ।
भारतमा आगामी १६ ज्यानवरी अर्थात ३ माघ देखि कोरोनाबिरुद्धको खोप अभियान शुरु हुँदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *