चिकित्सा शिक्षा आयोगले तोक्यो पीजीको शुल्क

काठमाडौँ, २७ पुस । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पोष्टग्राजुएट्स पीजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकेको छ । भर्खरै एकीकृत प्रवेश परीक्षा लिएर नतिजा प्रकाशनको काम सम्पन्न गरेको आयोगले सबै विश्वविद्यालय, प्रतिष्ठान र कलेजका लागि पीजी तहका सबै विषयको शुल्क तोकेको हो ।

आयोगका सदस्यसचिव डिल्लीराम लुईटेलका अनुसार अधिकतममा एमडीएमएस एमडीएस क्लिनिकल विषयको शुल्क २२ लाख ९९ हजार तोकिएको छ । न्युनतममा एमफिल क्लिनिकल प्याथोलोजीको २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको छ ।

‘गतवर्ष आयोगले एमडीएसको मात्रै शुल्क तोकेको थियो । अरु विषयको शुल्क भने विश्वविद्यालय कलेज तथा प्रतिष्ठानले आफूखुशी उठाएको थियो । यसपटक हामीले सबै विषयको शुल्क तोक्यौँ । अब सबैले यहि अनुसार कार्यान्वयन गर्नुपर्नेछ,’ लुइटेलले भने ।

शुल्क कति ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *