काठमाडौँ उपत्यकामा थपिए ३१४ जना कोरोना संक्रमित


काठमाडौँ, २७ पुस। काठमाडौँ उपत्यकामा शोमवार थप ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १२९ जना महिला र १८५ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३०, ललितपुरमा ६९ र भक्तपुरमा १५ जना गरी ३१४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थप ५ हजार ३०९ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा ५२७ जना डिस्चार्ज भएका छन्। थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *