केन्द्रीय अस्पताल र विभागका गरी ५ जना निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौँ, २७ पुस । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय मार्फत निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो ।

मन्त्रालय स्रोतका अनुसार कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारीमा डा आरपी बिच्छालाई दिइएको छ । त्यहाँका निर्देशक डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ । इडिसीडीका निर्देशक डा बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।

यस्तै स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा मदन उपाध्यायलाई पठाइएको छ । डा रमेश खरेललाई विभाग अन्तरगर्त रहने गरी जिम्मेवारी तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *