रक्तदान गर्दै बनभोज

काठमाडौँ, २७ पुस । अघिल्ला शनिबार जस्तै गत शनिबार पनि चोभारस्थित मञ्जुश्री पार्कमा थुप्रै समूह बनभोजमा रमाई रहेका थिए । तर एउटा समूहले बनभोजमै रक्तदान गरिरहेको थियो ।

रक्तदान एवं परिचयात्मक वनभोज कार्यक्रम लेखिएको ब्यानर मुनि मानिसहरु रगत दान गर्न लामवद्ध थिए ।

कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौँ १९, २०, २३ र २४ वडा नगर समितिद्वारा संयुक्तरूपमा गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा बाग्मती प्रदेश सांसद राजेश शाक्य, केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार, महानगरीय प्रहरी बृत कीर्तिपुरका प्रमुख रुकेश तण्डुकारका विशेष अतिथिको रुपमा सहभागी थिए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष कर्माचार्यले स्वयंसेवी रक्तदाता समाज २४ वडा नगर समितिका कोषाध्यक्ष ओमकृष्ण रञ्जितकारलाई रक्त संकलन थैलि प्रदान गरि रक्तदान कार्यको थालनी गरिएको थियो ।

‘बनभोज कार्यक्रममा विशेषत रमाइलोमै केन्द्रीत हुन्छ । तर हामीले रमाइलो गर्दै पुन्य काम पनि गरौँ भनेर यो कार्यक्रम गरेका हौँ,’ रञ्जीतकारले भने ।

नेपाल स्वयंसेवी रक्तदाता समाज – १९ वडा नगर समितिका अध्यक्ष बिनोद खड्गीले बनभोज भन्ने वित्तिकै मादक पदार्थको कुरा अघि आउने भन्दै हामीले मादकपदार्थको प्रयोग नगरीकनै बनभोज गर्ने र त्यसमै पुन्य कमाउन समेत सकिन्छ भनेरै यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति ललितपुरले केन्द्रीय अध्यक्ष कर्माचार्यलाई रू ७५ हजारको जीवन बीमा घोषणा र संस्थाको कोषमा रू ३ हजार ५०० रुपैयाँ जम्मा गर्ने घोषणा गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *