नेकपा निकट राष्ट्रिय चिकित्सक संघ अब पनि एक ढिक्का !

काठमाडौँ, २४ पुस ।  नेकपामा आस्था राख्ने चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले आफूहरु एक ढिक्का भएरै अघि बढ्ने निस्कर्ष निकालेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा शुक्रबार बसेको बैठकले आफ्नो माउ पार्टीमा विग्रह देखिए पनि एनडीएएन एकजुट रहने निस्कर्ष निकाल्दै संस्था थप बलियो बनाएर लैजाने निस्कर्ष निकालेको हो ।

एनडीएएनका अध्यक्ष डा सन्तोष पौडेलले आफूहरु एकजुट भएर संस्थाको सदृढिकरणमा लाग्ने बताए । ‘एनडीएएन मुख्यत प्रगतिशील बिचार बोक्ने चिकित्सकहरुको पेशागत संस्था हो । अहिले पार्टीमा देखा परेको विग्रह कुनै सैद्धान्तिक नभएको र कुन आधिकारिक भन्ने समेत निर्णय भइनसकेको अवस्थामा हामी कित्ताकाट गर्नु आवश्यक छैन भन्ने निस्कर्ष हो । बरु संस्थालाई थप मजबुत बनाएर लैजाने निर्णय गरेका छौँ,’ उनले भने ।

बैठकमा एनडीएनका पदाधिकारी, उपत्यकामा रहेका सदस्य तथा सल्लाहकारको उपस्थिति थियो । बैठकमा बोल्ने अधिकांश सदस्य र सल्लाहकारहरुले एनडीएन एक ढिक्का भएरै अघि बढ्नुपर्ने सुझाव दिएक थिए ।

एनडीएएन पूर्व एमाले पार्टी निकट चिकित्सकहरुको संस्था हो ।

माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपनि माओवादी केन्द्र र एमाले नजिक मानिने चिकित्सकहरुको संस्था एकीकरण भइसकेको थिएन ।

अहिले नेकपामा पूर्व एमाले भित्रको समूहबीच नै फाटो पर्दा एनडीएएनमा पनि फुट आउँछ कि भन्ने धेरैको अनुमान थियो । त्यसो त एनडीएनका केही पदाधिकारी तथा सदस्यहरु पनि केपी ओली पक्ष र माधव पक्ष भनेर बाढिएका छन् । व्यक्तिगत आस्था र बिचारमा जो संग नजिक भएपनि संस्थालाई भने एक ढिक्का राखेर अघि बढाउने निस्कर्ष भएको डा. पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *