आगामी आर्थिक बर्षमा थप २५९ आधारभूत अस्पतालको निर्माण प्रारम्भ हुँदै (सूची सहित)

काठमाडौँ, २३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्ष निर्माण प्रारम्भ हुने ५, १० र १५ सैय्याका २५९ वटा अस्पतालहरुको सूची प्रकाशित गरेको छ । एउटा पनि अस्पताल नभएका ६५५ पालिकाहरुमध्ये ३९६ वटा पालिकामा चालु आर्थिक बर्षमै निर्माण सुरु हुँदैछ । बाँकी रहेका २५९ वटा अस्पतालहरुमा यस आर्थिक बर्षमा डीपीआर तयार गर्ने र आर्थिक बर्ष २०७८ /७९ को बजेटबाट निर्माण प्रारम्भ गर्ने बताइएको छ ।

मन्त्रालयले बाँकी रहेका पालिकाको अस्पतालको सूची प्रकाशित गर्दै जग्गाको विवरण पठाउन तथा स्तरोन्नती हो भने त्यसका लागि पालिकाबाट निर्णय गराउने र जिल्ला समन्वय समितिको सिफारिस पत्र फागुन मसान्तसम्म आईपुग्ने गरी पठाउन भनेको छ ।

आगामी आर्थिक बर्षमा कुन कुन पालिकामा बन्दैछ अस्पताल ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *