काठमाडौँको बातावरणमा सामान्य सुधार, पहिलोबाट दोस्रोमा झर्यो
काठमाडौँ, २२ पुस । काठमाडौँ उपत्यकाको बाताबारणमा सोमबार र मंगलबारको तुलनामा केही सुधार आएको छ । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले बुधबार विहान ९ : २२ बजे काठमाडौ उपत्यकाको एक्युआई १९८ रहेको देखाएको छ ।
जवकी सोमबार ७ : ४५ बजे काठमाडौंको एक्युआई ४८७ र मंगलबार सोही समयमा ३७२ पुगेको थियो ।
सोमबार र मंगलबार काठमाडौँ शहर संसारकै प्रदुशित शहरको सूचीको पहिलो नम्बरमा पुगेको देखिन्थ्यो । तर बुधबार विहानै उपत्यकाको मौसममा सुधार भएसंगै बाताबरणीय प्रदुषण समेतमा सुधार आएको छ ।
प्रदुषणमा सोमबार र मंगलबार पहिलो भएको काठमाडौ शहर बुधबार दोस्रोमा झरेको छ । एक्युएअरले पहिलो स्थानमा २३६ एक्युआई सहित भारतको कोलकत्ता शहरलाई राखेको छ ।
उपत्यकाको बाताबरण एक्कासी बिग्रँदा बाताबरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै आम सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका थिए ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा केहीदिन मर्निङ वाकमा ननिस्कन, तथा बृद्धबृद्धा, स्वासप्रश्वासका बिरामी र बालबालिकाहरुलाई घरबाहिर ननिस्कन भनेका थिए । त्यस्तै घरबाहिर निस्कनेहरुले मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका थिए ।
यस्तै फोहर जलाउने, अनावश्यक आगोबाल्ने काम नगर्न तथा प्रदुषण बढाउने उद्योग तथा कलकारखाना समेत तत्कालका लागि रोक्न आग्रह गरेका थिए । काठमाडौँको बाताबरण विग्रदाँ यात्रा गर्नेहरूमा आँखा पोल्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा असहजता हुने लगायतका समस्या देखिएको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com