नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ४९ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १३ मंसिर । नेपाल नर्सिङ परिषद्ले आज लिएको नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । आजको परीक्षामा नर्सिङ तर्फ ४९.२९ प्रतिशत र मिडवाइफ्रि तर्फ ६६.ं६६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परिषदका रजिष्ट्रार विन्दा घिमिरेका अनुसार यसपटक परीक्षामा नर्सिङ तर्फ १ हजार २७० जना सहभागी थिए । त्यसमध्ये ६२६ जना उत्तीर्ण र ६४४ जना अनुत्तीर्ण भएका छन् । यस्तै मिडवाइफफ्रि तर्फ ६ जनाले जाँच दिएकामा ४ जना उत्तीर्ण भएका छन् ।

परीक्षा विहान ९ बजे देखि साढे ११ बजेसम्म काठमाडौँका तीनवटा परीक्षा केन्द्रमा चलेको थियो ।

नियमित तालिका अनुसार गत असारमा हुनुपर्ने लाइसेन्स परीक्षा कोरोना महामारीका कारण हुन सकेको थिएन । अहिले भएको परीक्षा पनि नियमित तालिका अनुसार मंसिरमा हुनुपर्ने परीक्षा भएको रजिष्ट्रार घिमिरेले बताइन ।

आजको यो परीक्षा नर्सिङ तर्फ २५ औँ र मिडवाईफ्रि तर्फको दोस्रो परीक्षा हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *