चितवन पुगेका पूर्व युवराज पारस शाह बिरामी

काठमाडौँ, १० मंसिर । नारायणगढस्थित सेन्ट्रल पाल्म होटलमा बसेका पूर्व युवराज पारस शाहको मुटुमा समस्या देखिएको छ । उपचारमा खटिएका चिकित्सकहरुका अनुसार अहिले पनि उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

सोमबार दिउसो भैरहवाबाट आफै गाडी चलाएर नारायणगढ आईपुगेका पूर्वयुवराज शाहलाई बुधबार अपरान्ह देखि छाती दुख्ने समस्या भएको थियो । त्यस लगत्तै टोलीले मुटुरोग विशेषज्ञको टोली खोजी गरेको थियो । सो क्रममा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीको टोली उनी बसेको होटलमा पुगेर स्वास्थ्य परीक्षण गरेको थियो । अहिले भने चिकित्सकको टोली फर्किएको छ ।

‘अपरान्ह ४ – ५ बजे तिर मुटु दुख्यो भन्ने खबर आयो । उहाँमा पहिले पनि मुटुमा समस्या देखिएकोले थप सजगता बन्नु भएको पनि हो । अपरान्हको तुलनामा अहिले दुखाईमा त केही कमी छ । तर स्वास्थ्य अवस्था स्थिर नै भन्नुपर्छ । राती समस्या आएमा खबर गर्नुहोला भनेर हामी फर्केका छौँ,’ डा रेग्मीले नेपाली हेल्थलाई भने ।

उनले होटलमा आफ्नो नेतृत्वमा ५ जनाको चिकित्सकको टोली पुगेको बताए । उनले अहिले ईसीजी र ईको लगायतका मुटुका परीक्षण भने आज नगरिएको जानकारी दिए ।

होटलमा अहिले पारससंग उनका सहयोगी रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *