काठमाडौँ उपत्यकामा थप १००७ जनामा कोरोना संक्रमण

काठमाडौँ, ८ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १४३ जना गरी कुल १ हजार ७ जनामा कोरोना संक्रमण देखिएके हो ।

आज देशभर १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८० जनाको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी मन्त्रालयले पछिल्लो चौविस घण्टामा ३ हजार ४३ जना कोरोनाबाट निको भएको र १६ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *