पछिल्लो २४ घण्टामा देशभर १६६९ जना कोरोना संक्रमित थपिए, ५६९९जना निको भए

  • सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३
  • - नेपाली हेल्थ

    काठमाडौँ, ७ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार ३२ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ६ सय ६९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

    त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ५ हाजर ६ सय ९९ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

    पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।


    Facebook Comment


    थप समाचार