पछिल्लो २४ घण्टामा देशभर थप १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना संक्रमणमुक्त


काठमाडौँ, ६ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार १ सय ४४ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ६ सय ७४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर ३ सय २३ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ९३ हजार २३ सय २५ पुगेको छ ।

त्यसैगरी आइसीयुमा ३३६ र भेन्टीलेटरमा ४७ जना उपचाररत छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *