काठमाडौँ उपत्यकामा थप ११०७ जनामा कोरोना संक्रमण

काठमाडौँ, ५ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय केही वेर अघि सार्वजनिक गरेको कोरोना अपडेटमा ४८४ जना महिला र ६२३ जना पुरुष गरी कुल १ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा तीन जिल्लामध्ये काठमाडौँमा ८६२ जना, ललितपुरमा १७४ जना र भक्तपुरमा ७१ जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा आज देखिएको संक्रमण देशभर देखिएको कुल संक्रमित संख्याको ५७ प्रतिशत हो । आज देशभर १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४५ जनामा कोरोना पोजेटिभ भएको पाइएको थियो ।

यहि अवधीमा ५ हजार ३६४ जना कोरोनाबाट निको भएको र थप २२ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *