पछिल्लो २४ घण्टामा देशभर थप १९४५ जनामा कोरोना संक्रमण, ५३६४ जना संक्रमणमुक्त

  • सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५
  • - नेपाली हेल्थ


    काठमाडौँ, ५ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३ सय ४० पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ९ सय ४५ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ ।

    त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ५ हाजर ३ सय ६४ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

    पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।


    Facebook Comment


    थप समाचार