काठमाडौँ उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १२ कात्तिक । बुधबार काठमाडौँ उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६९६ जना, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी कुल ८४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ४३ प्रतिशत हो ।

आज देशभर १ हजार ९५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार आज थपिएको संख्या संगै काठमाडौँ उपत्यकामा कोरोनाको सक्रीय संक्रमितको संख्या १६ हजार २०१ पुगेको छ ।

भक्तपुरमा सक्रीय संक्रमितको संख्या १ हजार ७९ रहेको छ ।

ललितपुरमा सक्रीय संक्रमितको संख्या २ हजार ३९८ पुगेको छ ।

केही महिना अघिसम्म तराईँका जिल्लामा भयावह देखिएको कोरोना संक्रमणदर अहिले उपत्यकामा बढेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *