पछिल्लो २४ घण्टामा देशभर थपिए २२२५ जना संक्रमित, २८४६ जना डिस्चार्ज

काठमाडौँ, ८ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार २ सय २५ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ८ सय ४६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजार ८ सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित निको भइ घर फर्किनेको कुल संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ३ हजार ३ सय ३२ जना रहेका छन् । आइसीयूमा ३ सय ७ र भेन्टीलेटरमा ७० जना उपचाररत छन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *