काठमाडौं उपत्यकामा थप २७१९ जनामा कोरोना संक्रमण

- नेपाली हेल्थ


काठमाडौँ, ७ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप २ हजार ७ सय १९ जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १२६ जना र ललितपुरमा २३६ जना रहेका छन् ।

आज देशभर थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा १६ हजार ८ सय ८६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । । यहि अवधीमा थप २ हजार ६ सय ६८जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन ।


Facebook Comment


थप समाचार