पछिल्लो २४ घण्टामा देशभर थपिए ४४९९ जना संक्रमित, २६६८ जना डिस्चार्ज

काठमाडौँ, ७ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ४ सय ९९ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १६ हजार ८ सय ६३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ४ हजार ४ सय ९९ जना संक्रमित थपिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ सय ९ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजार ६ सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित निको भइ घर फर्किनेको कुल संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ३ हजार ५ सय ९० जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *