कोरोनाको उपचारका लागि ६ हजार अक्सिजन बेड थप्न ४ अर्व २५ करोड रुपैयाँ निकासा (कुन अस्पतालमा कति बेड ?)

काठमाडौं, ६ कात्तिक ।  सरकारले कोरोना संक्रमितको उपचार गर्न देशका विभिन्न अस्पतालमा अक्सिजन सहितको थप ६ हजार बेड (हाई डिपेन्डेन्सी युनिट – एचडीयू) सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि स्वास्थय मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ४ अर्व २५ करोड, २७ लाख २० हजार रुपैयाँ निकासा गरि तोकिएको अस्पतालहरुमा रकम पठाउन थालि सकिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकाको त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा १०० – १०० अक्सिजन वेड थपिनेछ ।

यस्तै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, नेपाल पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, धुलिखेल अस्पताल, दहचोक अस्पताल, निजामती अस्पताल, वीरेन्द्र अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा ५० – ५० एचडीयू थपिनेछ ।

यसैगरी नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, किस्ट अस्पताल, कान्ति अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, अल्का अस्पतालमा २५ -२५ बेडको एचडीयू थपिनेछ ।

उपत्यका बाहिरका २१ अस्पतालमा २५  – २५ बेडको एचडीयू
प्रवक्ता डा. गौतमले काठमाडौँ उपत्यका बाहिर हरेक प्रदेशका तीनतीन अस्पतालमा २५- २५ एचडीयू थपिने जानकारी दिए । त्यसका लागि प्रदेश १ को धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनटरस्थित कोशी अस्पताल र झापाको मेची अस्पताल छनोट भएको छ ।

प्रदेश २ को नारायणी, प्रादेशिक अस्पलाल र राजविराजको गजेन्द्र नारायण सिंह, अस्पताल तथा बाग्मती प्रदेशको भरतपुर अस्पताल, हेटौंडा अस्पताल र धुलिखेल अस्पताल परेको छ ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाग्लुङ र गोरखा अस्पताल, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, कर्णाली प्रदेशका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र जाजरकोट अस्पताल तथा सुदूरपश्चिमको सेती, महाकाली र डडेलधुरा अस्पतालमा २५ अक्सिजन बेड थपिने भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *