काठमाडौं उपत्यकामा थप १५५२ जनामा कोरोना संक्रमण

 काठमाडौँ, ६ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप १ हजार ५५२ जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २८३ जना, भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना रहेका छन् ।

आज देशभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौविस घण्टामा १५ हजार २५५ जनाको पीसीआर गरिएको बताए । उनले यहि अवधीमा ३ हजार २१५ जना कोरोनाबाट मुक्त भएको समेत जानकारी दिए ।

मन्त्रालयका अनुसार आजसम्म देशभर कोरोनाको संक्रीय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेको छ । त्यसमध्ये १३ हजार ३३९ जना अस्पतालमा भर्ना भई उपचार लिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *