पछिल्लो २४ घण्टामा देशभर थपिए ३६३७ जना संक्रमित, ३२१५ जना डिस्चार्ज

काठमाडौँ, ६ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ६ सय ३७ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १५ हजार २ सय ५५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ३ हजार ६ सय ३७ जना संक्रमित थपिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हाजार २ सय १५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित निको भइ घर फर्किनेको कुल संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।

देशभरका क्वारेनटिनमा ३ हजार ७ सय ५१ जना रहेका छन् । होम आइसोलेसनमा २१ हजार ५ सय ३८रहेका छन् । संस्थागत आइसोलेसनमा १३ हजार ३ सय ३९ छन् । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा २९० र भेन्टीलेटरमा ७७ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *