कोरोना परीक्षणका लागि नेपालमा आरटी ल्याम्प विधि भित्रदै

काठमाडौँ, ३ असोज । कोरोना परीक्षणका लागि आरटी पीसीआर र एन्टीजेनमा आधारित परीक्षण विधि अपनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले अर्को नयाँ विधि पनि अंगाल्ने तयारी गरेको छ । मन्त्रालयले आरटी ल्याम्प विधि भित्र्याउन लागेको हो ।

अमेरिकास्थित म्यासुच्युसेट इन्स्टीच्युट अफ टेक्नोलोजी (एमआईटी)ले तयार गरेको यो विधि यसअघि कोरोना परीक्षणका लागि अमेरिकामा प्रयोग भइसकेको हो । अब अमेरिका पछि नेपालमा यो विधिबाट परीक्षण गर्ने योजना छ ।

‘एक दुई दिन भित्र यसका लागि चाहिने रिएजेन्ट हामीकहाँ आईसक्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले भने ।

उनका अनुसार आरटील्याम्प विधिबाट कोरोना परीक्षण गर्दा अत्यन्त सहज, सरल र कम खर्चिलो देखिएको छ । स्वाव दिएको एक डेढ घण्टामा नतिजा आउन सक्छ । र यो प्रविधि स्थानीय स्वास्थ्य चौकीसम्म पु¥याएर त्यहाँका स्वास्थ्यकर्मीले समेत जाँच गर्न सकिन्छ ।

अमेरिकास्थित नेपाली दुतावास र एमआईटीमा कार्यरत एक जना नेपाल बैज्ञानिक डा दिग्वीजय महतको पहलमा यो प्रविधि नेपाल भित्रिन लागेको कार्कीले सुनाए । अहिले एक हजार थान किट आउँदै छ । त्यसबाट परीक्षण गर्छौ, त्यसपछि थप प्रक्रिया अघि बढ्छ उनले भने ।

अमेरिकामा यो विधिबाट ५५ लाख बढीको परीक्षण गरिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *