बालरोग सम्वन्धी अनुसन्धान अघि बढाउन कान्ति अस्पताल र अनुसन्धान परिषदबीच सम्झौँता

काठमाडौँ, १ कात्तिक । कान्ति बाल अस्पताललाई बालरोग सम्वन्धी उत्कृष्ठ अनुसन्धान केन्द्रको रुपमा विकास गरिने भएको छ । बालरोग सम्वन्धी अनुसन्धान गर्नका लागि गत विहीबार अस्पताल र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबीच चार बुँदे सम्झौँता भएको हो ।

सम्झौँतामा अस्पतालका तर्फबाट निर्देशक डा कृष्णप्रसाद पौडेल र परिषद्का तर्फबाट कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

‘बालरोग सम्वन्धी अध्ययन त भइरहेको छ । सामान्य अनुसन्धान पनि भइरहेको छ । तर अब अनुसन्धानको पाटोलाई थप व्यवस्थित गर्ने गरी परिषद्संग सम्झौँता भएको छ । अब निकट भविस्यबाट नै सम्झौँताको कार्यान्वयन हुनेछ,’ अस्पतालका निर्देशक डा  पौडेलले भने । दुई पक्षबीच अनुसन्धानका लागि मापदण्ड बनाउने, आवश्यक जनशक्ति तयार गर्ने, अनुसन्धानका क्षेत्र पहिचान गर्ने, संयुक्त रुपमा अनुसन्धान तथा समन्वय गर्ने विषयमा सम्झौता भएको छ ।

‘बालरोगको उपचार गर्ने यति ठूलो संस्थामा अध्ययन अध्यापन त भएको छ । तर अनुसन्धानले प्राथमिकता पाएको थिएन । हामीले सो अस्पताललाई बालरोगको अनुसन्धान गर्ने उत्कृष्ठ संस्था अर्थात सेन्टर अफ एक्सीलेन्स बनाउन चाहेका छौँ,’ परिषदका कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले भने ।

दुईपक्षले अब तिहार लगत्तै अनुसन्धान सम्वन्धी कार्यहरुलाई व्यवस्थित ढंगले अघि बढाउने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *