काठमाडौँ उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण


काठमाडौँ, १ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा १ हजार ४ सय ५१ जना, भक्तपुरमा १ सय ४३ जना र ललितपुरमा १ सय ५२ जना गरी कुल १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण भएको छ । उनका अनुसार आज देशभर ३ हजार १ सय ६७ जना पोजेटिभ देखिएको छ ।

यहि अवधीमा १ हजार ८ सय जनाले कोरोना जितेर मुक्त भएका छन् । यो संगै देशभर संक्रीय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ जना पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *