पछिल्लो २४ घण्टामा देशभर थपिए ३१६७ जना कोरोना संक्रमित, १८०० जना निको भए

काठमाडौँ, १ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १५हजार ४ सय ३८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार ८ सय जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८९ हजार ८४० पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ७ सय १५ जना रहेका छन् । होम आइसोलेसनमा २५ हजार ४३८ रहेका छन् । संस्थागत आइसोलेसनमा १३ हजार २ सय ९९ छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *