औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई

काठमाडौँ, २९ असोज ।   औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिने निर्णय गरेका हुन् ।

उनी दुई महिना अघि एघारौँ तहमा बढुवा भएका थिए ।तर उनको पदस्थापन हुन सकेको थिएन् ।

विभागमा यसअघि महानिर्देशक रहेका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *