काठमाडौँ उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण

काठमाडौँ, २९ असोज ।  काठमाडौँ उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार आज काठमाडौँमा १ हजार ६९३ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जनामा कोरोना संक्रमण थपिएका छन् ।

पछिल्लो चौविस घण्टामा देशभर ३ हजार ७४९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित आज देशभर संक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । डा गौतमले यहि अवधीमा ३ हजार ५६४ जनाले कोरोना जितेको बताए । आज देशभर १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

आज कोरोना बाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *