साढे सात महिना पछि ‘बैगुनी – २’ लिएर आइपुगे डाक्टर बुद्धिमान

काठमाडौं, २८ असोज । सामाजिक अभियन्ता, दन्त चिकित्सक अनि मेडिकल इन्टरप्रेनर डा बुद्धिमान श्रेष्ठसंग जोडिने पेशागत तथा व्यावसायिक पहिचान हो । तर, पछिल्लो समय उनले आफ्नो पहिचान यो भन्दा अलग किसिमले पनि उज्याल्याउने प्रयास गरेका छन् । उनले सांगितिक क्षेत्रबाट आफूलाई चिनाउने प्रयास गरेका छन्, एउटा कुशल गायकको रुपमा ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष, विएम फाउन्डेशनका अध्यक्ष समेत रहेका श्रेष्ठले साढे सात महिना अघि अर्थात फागुनको तेस्रो साता एकाएक सांगितिक कोशेली लिएर आए, ‘बैगुनी भाग -१ ‘।  त्यसबेला  चर्चित गायिका मेलिना राई र उनको स्वरमा सजिएको … ‘रेलले तान्यो र   बैगुनी छौ भन्ने कस्ले जान्यो र’ …….  बोलको यो गीतले ६६ लाख बढी भ्युज बटुलेको छ ।

पहिलो गीतबाट उत्साहित भएका डा . श्रेष्ठले आज फेरी बैगुनी भाग -२ ल्याएका छन् उनै गायिका मेलिना राईसंगको युगल स्वरमा । बुधबार प्रिमियर भएको …  सितल छाँयालाई, भुल्नकहाँ सक्छु र बैगुनी हितको मायालाई …..!   बोलको यो गीतको शव्द संगित बादल घिमिरेको छ । म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्यको मुख्य अभिनय रहेको छ ।

बुधबार म्युजिक भिडियो प्रिमियर हुँदा डा श्रेष्ठ भने केडीसी कोभिड – १९ अस्पतालको हाइकेयर युनिटमा उपचार लिइरहेका थिए ।

‘मैले यो गीत साउनमै रेकर्डिङ गराएको हुँ । तर कोरोना महामारीका कारण यसको म्युजिक भिडियो तयार हुन समय लाग्यो, प्रिमियर हुन पनि समय लाग्यो तर जव प्रिमियरको तयारीमा थियौँ म आफै कोभिड -१९ संक्रमणमा परेँ । तर अब ढिलो गर्नु हुन्न भनेरै आज म्युजिक भिडियो प्रिमियर गरियो ,’डा श्रेष्ठले टेलिफोनमा भने ।

उनले  अब गीतको समिक्षा मूल्यांकन र माया गर्ने काम सम्पूर्ण दर्शक स्रोताहरुलाई छाडिदिएको बताए ।

उनले अन्तमा आफ्नो पहिलो प्रयासलाई यति धेरै माया गरिसकेपछि दोस्रो कोशेली ल्याएको भन्दै पहिले जस्तै माया पाउने अपेक्षा रहेको समेत सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *