एन्टीजेनमा आधारित कोरोना परीक्षण गर्ने बाटो खुल्ला, शुल्क रु १ हजार मात्रै

काठमाडौँ, २७ असोज । सरकारले अब एन्टीजेनमा आधारित कोरोना परीक्षण विधि सञ्चालनमा ल्याउने भएको छ । ‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड -१९’ मा चौथो संसोधन गर्दैै यो नयाँ विधिबाट समेत कोरोना परीक्षण गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेनमा आधारित परीक्षणको विधि तय भएको भन्दै सोही अनुसार गर्नु गराउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ । नयाँ विधिमा अब एन्टीजेनको किट तथा रिएजेन्टहरु एफडीए र ईयुएले मान्यता दिएको वा स्वास्थ्य सेवा विभागबाट स्विकृति प्राप्त हुनुपर्नेछ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउनेछ ।

प्रवक्ता डा गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिमको बायोसेफ्टी क्याविनेट तथा अन्य सुरक्षा विधिको पालना गर्नुपर्ने बताए । यस्तै एन्टीजेनमा आधारित परीक्षणका लागि अधिकतम शुल्क १ हजार रुपैयाँ मात्रै तोकिएको छ ।

परीक्षणमा पोजेटिभ आएमा परीक्षण गर्ने प्रयोगालाले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्वन्धी जिल्लाको स्वास्थ्य कार्यालय र व्यक्ति स्वयंलाई जानकारी गराउनुपर्ने छ । नेगेटिभ आएमा व्यक्तिललाई मात्रै जानकारी गरे पुग्ने समेत डा गौतमले बताए ।

यसअघि मन्त्रालयले यो परीक्षण क कसलाई कहाँ कहाँ गरिने भनेर निर्णय गरिसकेको छ ।  त्यसमा तीन अवस्थामा मात्रै यो परीक्षण हुने बताइएको छ । त्यो भनेको एकैपटक ठूलो जनघनत्व भएको ठाँउमा मास स्क्रिनिङ गर्नु परेमा, अस्पतालमा आकस्मिक सल्यक्रिया गर्नुपर्ने व्यक्तिहरुमा र बृद्धाआश्रमका बृद्धबृद्धाहरुमा मात्रै यो विधिको परीक्षण गरिने बताइएको छ ।

एन्टिजेनको नतिजा केही मिनेटमै आउने गर्दछ । यसमा पोजेटिभ आएमा पोजेटिभ र नेगेटिभ आएमा नेगेटिभ मान्ने तर कसैमा लक्षण देखिएको छ भने त्यसलाई पुन पीसीआर गराई रि कन्र्फम हुने मापदण्ड गराइएको समेत बताए । तर त्यसमा पनि नेगेटिभ आएमा अरु स्वास्थ्य समस्याको कारण खोज्न थाल्ने उनले जानकारी दिए ।

उनले परीक्षण प्रणालीमा एन्टिजेन थपिएको भन्दै पीसीआर परीक्षण नरोकिने स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *